RisingMind

Follow Us

  1. ४ बर्ष अगाडि एक जना ४२ बर्षको महिला हाम्रो थेरापि सेन्टरमा आउनु भएको थियो। वहाँको प्रमुख समस्या भनेको साँझ पर्दै जाँदा डर बढ्दै जान्थ्यो अनि राति निदाउन गार्हो हुन्थ्यो। जब मैले वहाँ सङ्ग Assessment सेसनमा कुरा गरेर वहाँको बाल्यकाल देखि अहिले सम्मको सम्पुर्ण कथा सुने मलाई समस्याको कारण बुझ्न सहज भयो। वहाँको बाल्यकाल त सामान्य नै थियो तर बैवाहिक जिवनमा धेरै तनाब भोग्नु भएको रहेछ। ७ बर्ष सम्म वहाँको श्रिमान ले हरेक दिन शारिरिक र मानसिक तनाव दिनु भएको रहेछ। हरेक दिन श्रिमान बिहान उठेर काममा जाने भएकोले शान्त नै हुने तर बेलुका हुदै जाँदा अब श्रीमान आउनु हुन्छ अनि कुटपिट हुन्छ, तनाव हुन्छ, झगडा हुन्छ भन्ने बिचार आउने अनि डर बढन थाल्ने हुँदो रहेछ र बेलुका वहाले सोचे जस्तै व्यवहार श्रिमान ले देखाउने । यो अवस्था झण्डै ९ बर्ष चलेछ । पछि अत्ति भएपछि सहन नसकेर डिभोर्स गरेर ‍छुट्टै बस्न थाल्नु भएको रहेछ। 

     जब कुनै घटना हुन्छ हाम्रो चेतन मन ले त्यस घटनालाइ direct लिन्छ भने अवचेतन मन ले पनि त्यस घटनालाई Indirect लिई रहेको हुन्छ। त्यसैले त्यो बेलुकाको समय र डर      एकाकार भई गहिरो सँग मनमा गढेर बसेको थियो। बेलुका को समयमा unconsciously वहाँको मनले त्यो बैवाहिक जिवनमा श्रिमानले दिएको तनावलाई ट्रिगर गर्ने र मन भित्र दबिएर   बसेको डर बाहिर आउने हुन्थ्यो। यो बाल्यकालमा कोहि खोलामा डुबेको छ भने ठुलो हुँदा सम्म खोलामा जाँदा डर लागेको जस्तै अवस्था हो। कुनै पनि घटनाको असर समय सँगै    थिचिएर जाने गर्छ नकि पुर्णरुपमा हराएर। कुनै पनि घटनाको असर उर्जाको रुपमा अवचेतन मनको गहिराईमा बस्ने र त्यसलाई थेरापिको माध्यमले हटाउन सकिने हुनाले मैले पनि      वहाँलाई केहि थेरापि सेसन गरे त्यस पछि यो समस्या समाधान भएको थियो।

 

 2.   एक जना ३० बर्षको युवक जो हाल जापानमा काम गर्नु हुन्छ, वहाँको समस्या के थियो भने वहाँलाई जहिले पनि आफु हेपिएको महसुस हुन्थ्यो। स्कुल पढदा एउटा केटि मन परेर  लव लेटर दिनु भएछ। त्यो लेटर दिदा तिन चार जना साथिको अगाडि नै दिनु भएछ अनि केटिले त्यो लेटर सबैको अगाडि खोलेर पढिछे नि हाँस्दै च्यातेर फालिदिइछे र अरु सबैजना उ  तिर हेरेर हाँसेछन। त्यसपछि वहाँ त्यहाँ बाट रुदै भाग्नु भएछ। त्यस दिन बाट आफुलाइ सबैले हेप्छन भन्ने बिचार आउन थालेछ। त्यसपछि साथि पनि नबनाउने (साथि बनायो भने  आफुलाई हेप्छन भन्ने भावनाले) एक्लै बस्न एक्लै हिडन थाल्नु भएछ। कसैले आफु तिर हेर्यो भने पनि मलाई हेपेर हेर्यो, अलिकति श्वर ठुलो बनायो भने पनि मलाई हेप्यो, जिस्कियो भने  पनि मलाई हेपेर जिस्कियो भन्ने बिचारले सँधै तनाव दिने रैछ। 

 केहि थेरापि सेसन जस्मा जिवनका बिभिन्न समयमा भोगेको नराम्रा घटनाको असर अवचेतन मन बाट हटाउनुका साथै साँच्चैकै कसैले कसैलाई हेप्दा कस्तो व्यवहार देखाउँछन, साथिले  गर्ने व्यवहार र कसैलाई हेप्दा देखाउने व्यवहारमा कस्तो भिन्नता हुन्छ भन्ने कुराहरु बिभिन्न सेसनमा बुझाउँदै जाँदा वहाँको बुझाइमा स्पष्टता आए सँगै आफुलाई हेपिएको महसुस गर्न  छाडि बर्षौँ पछि आफु पनि साथिहरु सँग जिस्कन मजाक गर्न थाल्नु भएको थियो।

Ready to Take the First Step Toward a Pain-Free Life?

Don’t let pain or limited movement hold you back any longer. Our expert physiotherapists are here to help you recover, strengthen.